Home अर्थ/व्यापार गोठमा आगलागी हुँदा १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति

गोठमा आगलागी हुँदा १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति

हेटौँडा : हेटौँडा–१५ भोर्लेस्थित सानुकाजी स्याङवोको गोठमा आगलागी हुँदा १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । बिहीबार साँझ ७ बजेर १५ मिनेटको समयमा काठ र जस्ताबाट बनेको गोठमा मच्छर भगाउन आगो बाल्दा आगलागी भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

आगलागीका कारण १० वटा बाख्रा जलेर मरेका छन् भने १ वटा गाईको बाच्छी घाइते भएको छ । साथै, गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगो प्रहरी, दमकल तथा स्थानीयवासीको सहयोगमा साँझ ९ बजेर ४० मिनेटको समयमा पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।

Exit mobile version