हेटौँडा : हेटौँडा फुटबल एकेडेमी नवौँ गोलबजार मेयर गोल्ड कप–२०८२ खेल्ने भएको छ । सिरहा जिल्लाको गोलबजार नगरपालिकाको आयोजनामा प्रतियोगिता आउँदो सोमबारदेखि सुरु हुनेछ ।

हेटौँडा फुटबल एकेडेमीले प्रतियोगिताको उद्घाटन खेलमा आउँदो सोमबार सुनसरीको राष्ट्रिय जागृति क्लबसँग खेल्नेछ । प्रतियोगिता नटआउट प्रणालीमा सञ्चालन हुनेछ । प्रतियोगितामा झापाको चात्या सा फुटबल क्लब, मोरङको लालीगुराँस स्पोर्टिङ क्लब, उदयपुरको ब्रदरहुड फुटबल क्लब र सिरहाको ३ वटा (सल्हेश युवा क्लब, गोलबजार स्पोर्टस क्लब र गोलबजार युनाईटेड क्लब) गरी ८ वटा टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको फाइनल खेल चैत २९ गते हुनेछ ।