हेटौँडा : दोलखा जिल्लाको तामाकोशी गाउँपालिका–५, किर्नेटारस्थित हिमाल हाइड्रो नजिक चरिकोट–मन्थली सडकखण्डमा खनिएको खाल्डोको पानीमा डुबेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुंगा जिल्ला घर भई हाल हिमाल पावर लिमिटेडमा चालकको रूपमा कार्यरत ५२ वर्षीय लोक बहादुर बोगटी रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
सोमबार बोगटी सडक विस्तारका लागि खनिएको खाल्डोमा जमेको पानीमा उनी घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जनाइएको छ । मुचुल्का पश्चात शव पोस्टमार्टमका लागि काठमाडौंस्थित शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।











