Home मुख्य समाचार राष्ट्रिय समावेशी आयोगकी कावा अध्यक्ष ओझाद्वारा आइसोलेसन वार्डको निरीक्षण

राष्ट्रिय समावेशी आयोगकी कावा अध्यक्ष ओझाद्वारा आइसोलेसन वार्डको निरीक्षण

आइसोलेसन वार्डबाट डिस्चार्ज भई घर फर्कन लागेका व्यक्तिहरुसँग कुराकानी गर्नुहुँदै राष्ट्रिय समावेशी आयोगकी कार्यवाहक अध्यक्ष विष्णु ओला ।

हेटौंडाः राष्ट्रिय समावेशी आयोगकी कार्यवाहक अध्यक्ष विष्णु ओझाले हेटौंडा–६, गौरिटारस्थित आइसोलेसन वार्डको निरीक्षण गर्नुभएको छ । कोरोना भाइरस सङ्क्रमितहरुलाई उपचारका लागि राख्न निर्माण गरिएको आइसोलेसन कक्षको व्यवस्थापनको विषय बुझ्न सोमबार निरीक्षण गरिएको ओझाले जानकारी दिनुभएको छ ।

आइसोलेसन वार्डको व्यवस्थापनका विषयमा गुनासो सुनिए पनि निरीक्षणका क्रममा त्यस्तो कमिकमजोरी नदेखिएको, आइसोलेसनमा बस्दै आएका र डिस्चार्ज हुँदै गरेकाहरुसँग कुराकानी गर्दा उनीहरुले सन्तोषजनक व्यवस्थापन भएको प्रतिक्रिया दिएको ओझाले बताउनुभयो । स्वास्थ्यकर्मीसँग पनि व्यवस्थापनको विषयमा बुझेर आइसोलेसन वार्डमा बेड थप्नका लागि भइरहेको काम पनि सन्तोषजनक पाइएको ओझाले जानकारी दिनुभएको छ । राष्ट्रिय समावेशी आयोगकी कार्यवाहक अध्यक्ष विष्णु ओझासँगै नेकपा मकवानपुर जिल्ला कार्यालय कमिटीका सदस्य एकलाल श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो ।

Exit mobile version