Home मुख्य समाचार ओली पक्राउको विरोधमा मकवानपुरमा एमालेको प्रदर्शन

ओली पक्राउको विरोधमा मकवानपुरमा एमालेको प्रदर्शन

मकवानपुरमा एमालेको प्रदर्शनमा सहभागीहरु ।

हेटौंडा: नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा मकवानपुरमा एमालेले प्रदर्शन गरेको छ । शनिबार पार्टीका विभिन्न जनसंगठनहरूको अगुवाइमा हेटौँडाको बुद्धचोकसहित विभिन्न स्थानमा प्रदर्शन गरिएको हो ।

देशभर एमालेले प्रदर्शन गरिरहँदा मकवानपुरमा पनि अध्यक्ष ओलीको पक्राउको विरोध गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए । सरकार प्रतिशोधको भावनाले अघि बढेको नेकपा एमाले मकवानपुरका कार्यवाहक अध्यक्ष हिदम लामाले बताउनुभयो ।

जनताले अहिलेको सरकारलाई सुशासन, समृद्धि, र विकासका निम्ति जनादेश दिएको भन्दै लामाले सरकारले प्रतिसोधका हिसावले असंवैधानिक रुपले अघि बढ्न खोजेको आरोप लगाउनुभएको छ । नेकपा एमालेले लोकतन्त्र, राष्ट्रियता र संविधान रक्षाको निम्ति सरकारविरुद्ध खबरदारी गरिरहने लामाले स्पष्ट पार्नुभयो ।

Exit mobile version