हेटौँडा : पूर्ण सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले शुक्रबारबाट किलिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि किलिङ्कर उत्पादन बन्द भएको थियो । शुक्रबार बिहान साढे ४ बजेबाट किलिङ्कर उत्पादन सुरु गरिएको उद्योगका वरिष्ठ अधिकृत हरेराम आचार्यले जानकारी दिनुभयो ।

आचार्यका अनुसार करिब २ साताका लागि पुग्ने कच्चा पदार्थ रहेको र थप कच्चा पदार्थ व्यवस्थापनको कार्य भइरहेको छ । कच्चा पदार्थको आपूर्ति व्यवस्थापन भए किलिङ्कर उत्पादन कार्य जारी रहने आचार्यले बताउनुभयो । हेटौँडा सिमेन्ट विक्री पनि भइरहेको छ । निजी उद्योगहरुले मूल्य बढाइरहेको अवस्थामा सरकारी स्वामित्वको उद्योग सञ्चालनमा आउनुलाई सकारात्मकरुपमा हेरिएको छ ।