हेटौँडा : मकवानपुरको उत्तरीक्षेत्र इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलविद्युत आयोजनाको जलाशयमा पानीको सतह बढेसँगै जलाशयसँगैको खेलमैदान जलमग्न भएपछि देखिएको फुटबलको गोलपोष्ट । मुलुकको पावर व्याकअपको रुपमा रहेको कुलेखानी जलविद्युत आयोजना आवश्यकताअनुसार मात्रै सञ्चालन हुने गरेको छ ।

कुलेखानी जलविद्युत आयोजना प्रथमका अधिकारीका अनुसार बुधबार राती ९ बजे जलाशयमा पानीको तह १ हजार ५ सय २३ मिटर ४६ सेन्टिमिटर रहेको छ । कुलेखानी जलविद्युतका तीन वटा आयोजना छन् । पहिलो ६० मेगावाट, दोस्रो ३२ मेगावाट र तेस्रो १४ मेगावाटको रहेको छ । मंगलबार २ नम्बर पावर हाउस ३४ मिनेट सञ्चालन गरिएको थियो भने बुधबार १ नम्बर पावर हाउस करिब ६ घण्टा सञ्चालन गरिएको थियो ।