हेटौँडा : रसुवा जिल्लाको कालिका गाउँपालिका–१ ग्राङजुङ डाँडा भिरस्थित पासाङ ल्हामु सडक खण्डमा डिब्बा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार ७ बजेर २० मिनेटको समयमा कालिकास्थानबाट धुन्चेतर्फ जाँदै गरेको ना ६ ख ५४९८ नम्बरको खाली डिब्बा गाडी सडकबाट करिब १५० मिटर तल खसेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

दुर्घटनामा गाडी चालक रसुवा कालिका गाउँपालिका–१ राम्चे निवासी ३९ वर्षीय पासाङ तामाङ र सोही गाडीमा सवार कालिका गाउँपालिका–२ का २६ वर्षीय पेम्बा छेवाङ थोक्रा गम्भीर घाइते भएका थिए । दुवै घाइतेलाई उपचारका लागि नुवाकोटस्थित त्रिशुली अस्पताल लगिएको थियो । उपचारका क्रममा चालक पासाङको राति ९ र पेम्बाको राती १० बजेर ५० मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।