Home मुख्य समाचार ३१ जनाले रक्तदान गरे

३१ जनाले रक्तदान गरे

स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदान गर्दै रक्तदाता

हेटौँडा : बागमती प्रदेश मुख्य न्यायाधिवक्ता कार्यालय हेटौँडाको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । मंगलबार हेटौँडा–४, बुद्धचोकमा कार्यालयको स्थापना दिवसको अवसरमा भएको रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा रक्तसंचार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो ।

केन्द्रमा अहिले रगतको माग बढी भएकाले आगामि दिनमा अभाव हुनसक्ने केन्द्रका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो । आगामि दिनमा अब १८, १९, २० र २१ गते रहेको सापकोटाले जानकारी दिनुभयो ।

Exit mobile version