हेटौँडा : मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–३, जातीपोखरीमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ वर्षीया लमिना वाईबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाकारी दिएको छ ।
सोमबार दिउँसो ३ बजेर ३० मिनेटको समयमा लमिना घाँस काट्न चुत्रोघारीडाँडा जंगल गएकी थिइन् । साँझसम्म पनि घर नआएपछि परिवार तथा स्थानीयले खोजी गर्दै जाँदा बुधबार बिहान ७ बजेको समयमा चुत्रोघारीडाँडाको भिरबाट ३ सय मिटर तल लडेको अवस्थामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।











