Home मुख्य समाचार गजल मञ्चको २३४ औँ गजलयात्रा

गजल मञ्चको २३४ औँ गजलयात्रा

हेटौँडाः गजल मञ्च मकवापुरको २३४ औँ नियमित गजलयात्रा सम्पन्न भएको छ । शनिबार गजल मञ्च मकवानपुरका अध्यक्ष सञ्जित श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

हेटौँडा–४, भैरवरोडस्थित साहित्य संगम मकवानपुर तथा सिस्नुपानी नेपाल मकवानपुरको संयुक्त हलमा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार तथा गजलकार तुलसी घिमिरेको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नियमित गजल वाचनअन्तर्गत साहित्यकार तथा गजलकारहरू नवीन दर्लामी, सागर तिमल्सिना, डीबी बर्तौला, देवराज तिवारी, केशव समर्पणलगायतले गजल वाचन गर्नुभयो ।

कार्यक्रममा महाकाव्यकार मुना अर्याल, जनसांस्कृतिक महासंघ मकवानपुरका अध्यक्ष राजुराम राउत र जनज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

Exit mobile version