हेटौँडा : चितवन जिल्लाको राप्ती नगरपालिका–२, गड्यौलीमा बोलेरोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहीबार साँझ ९ बजेर २० मिनेटको समयमा पूर्व–पश्चिम राजमार्गमा लोथरदेखि भण्डारातर्फ जाँदै गरेको बा.प्र ०३–००३ प ७९७९ नम्बरको मोटरसाइकललाई प्र.२–०३–००१ च ७१२ नम्बरको बोलेरोले ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

बोलेरोको ठक्करबाट मोटरसाइकल चालक २७ वर्षीय दिपेश उप्रेती गम्भिर घाइते भएका थिए । उप्रेतीलाई उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज लगिएको थियो । उपचारको क्रममा उनलाई बेलुका ८ बजेर १२ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा संलग्न बोलेरो चालक बारा जिल्लाको कलैया नगरपालिका–१२, का ३७ वर्षीय शैलेश कुमार यादवलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।