Home मुख्य समाचार विष्णुहरि बने बागमती प्रदेशकै उत्कृष्ट प्रहरी

विष्णुहरि बने बागमती प्रदेशकै उत्कृष्ट प्रहरी

हेटौँडा : फागुन महिनाको उत्कृष्ट प्रदेश प्रहरीको रुपमा प्रहरी निरीक्षक विष्णुहरि फुयाँल सम्मानित हुनुभएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले सोमबार फुयाँललाई फागुन महिनाको उत्कृष्ट प्रदेश प्रहरीको रुपमा सम्मान गरेको हो ।

फुयाँल दोलखा जिल्लाको सिंगटीस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत हुनुहुन्छ । उहाँबाट सम्पादित कार्य मूल्याङ्कन गर्दै महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि, २०७९ बमोजिम यो सम्मान प्रदान गरिएको हो । फुयाँलले फागुन महिनामा विभिन्न मुद्दामा प्रतिवादी तथा दोषीहरुलाई पक्राउ गर्नुका साथै प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई शान्त, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

Exit mobile version