Home खेलकुद जिल्लास्तरीय कराँते प्रतियोगिता सुरु

जिल्लास्तरीय कराँते प्रतियोगिता सुरु

हेटौँडा : हेटौँडामा जारी दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवमा मकवानपुर जिल्लास्तरीय कराँते प्रतियोगिता सुरु भएको छ । जिल्ला सितोरियो कराँते संघ मकवानपुरको सहकार्यमा सुरु भएको प्रतियोगितामा सोमबार २५ केजी तौल समूहको छात्र काता प्रतियोगिता भएको हो ।

सोमबार भएको काता प्रतियोगितामा सिमात बुद्ध डोजोका आयुष स्याङ्तान प्रथम भएका छन् । मेन डोजोका विकास राई द्वितीय, बागमती डोजोका विकास दोङ र भिरकोट डोजोका दीपेन्द्र घिमिरेले तृतीय स्थान हासिल गरेका हुन् । प्रतियोगितामा ३०, ३५, ४०, ४५, ५०, ५५, ६० र ६५ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यस्तै, एकल काता प्रतियोगिता पनि हुनेछ ।

छात्र र छात्राका बिच छुट्टाछुट्टै काता र कुमुते प्रतियोगिता हुनेछ । प्रतियोगिताका बाँकी प्रतिस्पर्धाहरु मंगलबार हुनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने डोजोले नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Exit mobile version