हेटौँडाः हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा सवारी दुर्घटनामा परेर ४ जना घाइते भएका छन् । एकैदिन छुट्टटाछुट्टै सवारी दुर्घटनामा हेटौँडामा ३ जना र मनहरीमा १ जना घाइते भएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
शनिबार मनहरी–९, जैसिंह स्थित पूर्व पश्चिम सडक खण्डमा एउटै दिशामा जाँदै गरेको टिपर र मिनि ट्रक ठोकिएर दुर्घटना भएको थियो । हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको म प्र ०३–००१ क २५९५ नम्बरको खाली टिपरले अचानक बेक्र लगाउदा सोही दिशा सोही दिशामा जाँदै गरेको म प्र ०३–००२ ख ०३१४ नम्बरको मिनि ट्रक ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा मिनिट्रका सहचालक सर्लाहीका बाग्मती नगरपालिका–७ बस्ने १७ वर्षीय रोहण परियार घाइते भएका छन् । घाइते परियार उपचारका लागि भरतपुर पठाइएको हो । टिपर र टिपर चालक हेटौँडा –११ थानाभर्याङ बस्ने ३० वर्षीय शंकर थापा ईलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको छ ।
शनिबार दिउँसो १ बजेको समयमा हेटौँडा–८ एचआइडि गेट अगाडी भएको सवारी दुर्घटना मा तीन जना घाइते भएका छन् । पूर्व पश्चिम सडक खण्डमा हेटौँडा बजारबाट रातोमाटेतर्फ जाँदै गरेको बा प्र ०३–००५ प ५८१८ नम्बरको स्कुटरलाई सोही दिशामा जाँदै गरेको प्र २–०३–०१८ प ८२९४ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको हो । दुर्घटनामा स्कुटर चालक हेटौँडा–६ चौघडा बस्ने ४२ वर्षीय कुमार दहाल र पछाडि सवार निजकी श्रीमती ४२ वर्षीय दुर्गा दाहाल भएका छन् । यस्तै मोटरसाइकल चालक रौतहटको गुजरा नगरपालिका –६ बस्ने २८ वर्षीय महेशवर कुमार पासवान पनि घाइते भएका छन् । घाइते तिनै जनालाई उपचारको लागी हेटौँडा अस्पताल पठाईएको छ भने सवारीहरु इलाका प्रहरी कार्यालय पशुपतिनगरको नियन्त्रणमा रहेको छ ।











