Home अर्थ/व्यापार निर्माण सामग्री व्यवसायी संघ मकवानपुरमा तिमल्सिना

निर्माण सामग्री व्यवसायी संघ मकवानपुरमा तिमल्सिना

नवनिर्वाचित अध्यक्ष सन्दीप तिमल्सिना (सुदिप) ।

हेटौँडा : निर्माण सामग्री व्यवसायी संघ मकवानपुरको अध्यक्षमा सन्दीप तिमल्सिना (सुदिप) सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न संघको १५ औं साधारणसभा तथा आठौं अधिवेशनले तिमल्सिनाको अध्यक्षतामा ११ सदस्यीय समिति निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा रोशन सापकोटा, महासचिवमा जीवन ढकाल, सचिवमा सुवास दाहाल र कोषाध्यक्षमा अमित श्रेष्ठ रहनुभएको छ । यस्तै सदस्यहरुमा धर्मराज ढकाल, सत्तिस अधिकारी, काशीनाथ छत्कुली, राजन अधिकारी, सुरेश रिमाल रहनुभएको छ । एक जना सदस्य तथा सल्लाहकार समिति भने संघको पहिलो बैठकले टुङ्गो लगाउने निर्वाचन समितिका संयोजक कृष्णराम न्यौपानेले जानकारी दिनुभयो ।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको प्रमुख आतिथ्य तथा संघका अध्यक्ष बालकृष्ण बजगाईको सभाध्यक्षतामा भएको कार्यक्रममा संघका प्रमुख सल्लाहकार मनोज कुमार राना, संघका संस्थापक अध्यक्ष कृष्णराम न्यौपाने, ओम शिवम् पाइप फिटिङ तथा लक्ष्मी टेकनोप्लाष्ट प्रालिका नायव प्रबन्धक बिक्रम खतिवडा, शिवम् सिमेन्ट प्रालिका नायव महाप्रबन्धक राममणि त्रिपाठी, मकवानपुर उद्योग वाणिज्य संघका वस्तुगत उपाध्यक्ष काव्यमणि अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version