हेटौँडा: हेटौँडा–११, डाङ्डुङ्गेस्थित मामाघर नेपाललाई पछिल्लो समय सहयोगीको ओइरो नै लागेको छ । कुनै बेला आश्रित बालकहरुको नियमित खानाकै लागि अभाव भएर सहयोगका लागि आव्हान गर्नुपर्ने थियो भने अहिले सहयोगीको ओइरो नै लागेको मामाघर नेपालका परिकल्पनाकार तथा संरक्षक अर्पण पराजुली बताउनुहुन्छ । फागुन महिनामा मामाघर नेपालमा एक लाख ३४ हजार रुपैयाँ नगद तथा ८० हजार रुपैयाँ बराबरको खाद्यान्न, स्टेशनरी, लत्ता–कपडालगायतका जिन्सी सामान प्राप्त भएको पराजुलीले जानकारी दिनुभयो ।
मामाघर नेपालमा विभिन्न व्यक्तिहरुले जन्मदिन, पूण्यतिथि, विवाह वर्षगाँठ तथा विशेष अवसरमा सहयोग गर्दै आएका छन् । सडक बालबालिकाको उद्दार, संरक्षण र पारिवारमा पुनर्मिलन कार्य गर्दै आएको मामाघर नेपाललाई फागुन महिना २३ जना बालकहरु छन् । फागुन महिनामा सडकबाट बालबालिका उद्दार गर्नु नपरेको पराजुलीले बताउनुभयो । मामाघर नेपाल मकवानपुरलाई फागुन १ गते हेटौंडा–९ का वाल्मिकी प्याकुरेलले कृषा प्याकुरेलको जन्मदिनको अवसरमा नगद ६ हजार ५ सय उपलब्ध गराउनु हुँदै बिहानी खानाको समेत व्यवस्था गर्नुभएको थियो । यस्तै २ गते हाल न्युजिल्यान्ड रहँदै आउनु भएका सुमित जंग थापाको परिवारले छोरी प्रियान्सी थापाको जन्मदिनको अवसरमा बिहानी खाजा, हेटौंडा–३ की प्रतिमा राईले प्रेम दिवसको अवसरमा नगद ५ हजार ५ रुपैयाँ, हेटौंडा–४ का विशाल लुङ्वाले छोरी रिन्जेन लुङ्वाको जन्मदिनको अवसरमा २ हजार ५ सय, नबिना मगरले आफ्नो जन्मदिनको अवसरमा भान्जाहरुका लागि अति आवश्यक चप्पल १० थान, हेटौंडा–५, का विशाल सापकोटा तथा आमा कञ्चन खतिवडाले आफ्नो छोरा कर्णिश सापकोटाको जन्मदिनको अवसरमा बिहानी खाना, हेटौँडा–१२ घर भई हाल जापान बस्दै आउनुभएकी सुस्मा राना मगरले महाशिवरात्रीको अवसरमा खाजा सामग्री र नगद १५ हजार, सुस्मिता मोक्तानको परिवारले महाशिवरात्रीको अवसरमा प्रसाद साथै बेलुकी खाना उपलब्ध गराउनुभएको छ ।
मकवानपुरको मनहरी–१० घर भई हाल अष्ट्रेलिया बस्दै आउनुभएकी अनिशा चालिसेले आफ्नो जन्मदिनको अवसरमा खाद्यान्न सामग्री, मनहरी–३ बस्ने सौगात बर्तौलाले आफ्नो जन्मदिनको अवसरमा नगद १४ हजार बराबरको खाद्यान्न सामग्री, छोरा राजु थापा तथा बुहारी गीता रानाले बैकुण्ठवासी पिता श्यामकाजी थापाको स्मृतिमा खाद्यान्न सामग्री, हेटौँडा–३ घर भई हाल अष्ट्रेलियामा बस्ने परमेश्वर पराजुलीले जन्मदिनको अवसरमा ५ हजार ५ सय, अर्जुन प्रसाद दुलालले बैकुण्ठवासी पिता चन्द्रप्रसाद दुलालको स्मृतिमा खाद्यान्न सामग्री, हेटौंडा–१७ का तेज जटाल तथा मिश्रि जटालले बैकुण्ठवासी छोरी समिका जटालको स्मृतिमा खाद्यान्न सामग्री आटा– ३४ किलोग्राम, चिनी २० किलोग्राम, चामल १ बोरा, फलफूल २ किलोग्राम तथा नगद एक हजार ७८० रुपैयाँ सहयोग गर्नुभयो ।
यस्तै हेटौंडा–५ घर भई हाल अमेरिकामा रहनु भएका रोयस थापाले दिवा खाजा, हेटौंडा–११, घर भई हाल जापान बस्ने सन्तोष खत्रीले आफ्नो जन्मदिनको अवसरमा नगद ६ हजार रुपैयाँ, हेटौंडा–४ घर भई हाल अष्ट्रेलिया रहनु भएका गृष्मा उप्रेतीले दिवा खाजा, हेटौँडा–७, घर भई हाल अमेरिका बस्ने पुनम मैनालीले जन्मदिनको अवसरमा नगद ४ हजार ५ सय, चितवन निवासी निरुता गुरुङले स्वेच्छिक सहयोग स्वरुप बेलुकी खाना, पश्चिम नवलपरासीमा रहेको दिव्यज्योति बहुमुखी क्याम्पसकी प्राध्यापक एवम् नेपाल प्रगतिशील प्राध्यापक संगठनकी केन्द्रिय सदस्य शितल अधिकारी जन्मदिनको अवसरमा १० हजार, हेटौँडा–५ बस्ने गोबिन्दप्रसाद सन्जेलले जन्मदिनको अवसरमा दिवा खाजा सेवा र नगद एक हजार १५ रुपैयाँ सहयोग गर्नुभयो ।
स्वर्गीय बुबा भक्तबहादुर गुरुङको ३१औं पूण्यतिथिमा पोखरा–१३ घर भई हाल लण्डनमा बस्ने छोरी लक्ष्मी गुरुङले १० हजार, बैबाहिक वर्षगाँठको अवसरमा हेटौंडा–४ निवासी हनि जोशी र ओर्जु राज श्रेष्ठले नगद ५ हजार ५ सय, हेटौँडा–४ निवासी शुभद्रा बर्तौला र राज कुमार केसीले वैवाहिक बन्धनमा बाधिनु भएको अवसरमा दिवा खाजा सेवा र स्कुल जुत्ता ३ जोर उपलब्ध गराउनुभएको छ ।
हेटौँडा–४ निवासी सरिता नेपालले नगद ५ हजार रुपैयाँ, हेटौंडा–३ निवासी कमला मोक्तानले छोरी सिवानी घिसिङको जन्मदिनको अवसरमा नगद १० हजार रुपैयाँ, हेटौंडा–१९ बस्तिपुर बस्ने राजनप्रसाद अधिकारी र सुनिता अधिकारीको बैवाहिक वर्षगाँठमा नगद ६ हजार ५ सय रुपैयाँ, हेटौँडा–५, निवास मनमाया घलान र जयराम दोङले आफ्नो छोरा लिवाङ दोङको जन्मदिनको अवसरमा ५ हजार एकसय रुपैयाँ, हेटौँडा–५, निवासी भानुभक्त चौलागाईं र रुपा चौलागाईंले २२ औं बैवाहिक वर्षगाँठमा नगद ५ हजार ५५५ रुपैयाँ, हेटौँडा–२ निवासी दीप कृष्ण लामिछाने र सचिता हुमागाईको बैवाहिक वर्षगाँठको अवसरमा बिहानीको खाना, हेटौंडा–४ घर भई हाल अष्ट्रेलिया बस्ने सागर चौलागाईंले आफ्नो जन्मदिनको अवसरमा नगद ५ हजार रुपैयाँ, हेटौंडा–५ निवासी प्रतिमा बस्नेत र प्रितम राज विष्टले छोरी प्राभ्या बिष्टको जन्मदिनमा खाद्यान्न सामग्री, हेटौंडा–११, निवास प्रेमकुमारी श्रेष्ठले नाती जेनिस श्रेष्ठको जन्मदिनको अवसरमा खाद्यान्न सामग्री हस्तान्तरण गर्नुभयो ।
हेटौँडा–९ घर भई हाल अष्ट्रेलिया बस्ने निश्चल चौलागाईंले जन्मदिनको असरमा नगद ५ हजार ५५ रुपैयाँ, अमेरिकाको कोलोराडो बस्ने बिनोद ढुङ्गाना र करिश्मा ढुङ्गानाको छोरा ब्रविन ढुङ्गानाको आठौं जन्मदिनमा ५ हजार रुपैयाँ, हेटौंडा–९ निवासी सुरेन्द्र प्रसाद चौधरी र विष्णुमाया दानकोटीले स्वर्गीय छोरा बादल दानकोटीको नवौं दिनको पूण्यतिथिमा दिवा खाजा, खाद्यान्न सामग्री र नगद १० हजार रुपैयाँ, हेटौंडा–६ बस्ने अम्बिका भुर्तेलले जन्मदिनको अवसरमा खाद्यान्न सामग्री र बिहानको खाना, हेटौँडा–१३ की आरती लामा सिङ्तानले छोरा शिवान्स सिङ्तानको जन्मदिनको अवसरमा दिवा खाजा र नगद ११ हजार १११ रुपैयाँ र हेटौंडा–५ पिप्लेका शेखर घिमिरे र सन्तोषी घिमिरेले छोरी सान्भी घिमिरेको अन्न प्रासन्नको अवसरमा १५ हजार रुपैयाँ प्रदान गर्नुभएको थियो ।











