सांकेतिक तस्वीर ।

हेटौँडा : हेटौँडा–१०, बाइपासमोडमा स्कूटर र हात्तीगाडी ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१०, बाइपास मोडमा दुर्घटना हुँदा स्कुटर चालक हेटौँडा–५, शान्तिनगरका क्षीतिज रायमाझीको मृत्यु भएको हो ।

सोमबार दिउँसो ३ बजेर ४० मिनेटको समयमा वाईपास सडक खण्डमा बसपार्क तर्फबाट पशुपतिनगरतर्फ जाँदै गरेको बा प्र ०३–००६ प २७१२ नम्बरको स्कुटर र बिपरीत दिशाबाट आउँदै गरेको ना ४ च ६०५३ नम्बरको हात्तीगाडी आपसमा ठोक्किएर दुर्घटना भएको थियो । प्रहरीले हात्तीगाडी र चालक बारा जिल्लाको अमलेखगन्जका २० वर्षीय शेरचन बललाई नियन्त्रणमा लिएको छ । स्कुटर पछाडी सवार हेटौँडा–७ का १९ वर्षीय संगम झा घाइते भएका छन् । झाको हात खुट्टामा चोट लागेको छ । झाको सन्चो अस्पताल उपचार भइरहेको छ ।