हेटौँडा : भीमफेदी गाउँपालिका–२, भैंसेबाट अवैधरूपमा नदीजन्य पदार्थ (ढुंगा, बालुवा, गिट्टी) उत्खनन् तथा ओसारपसार गर्ने २ वटा ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरी टोलीले २ वटा ट्रिपरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
प्रहरीले अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन् तथा ओसारपसार गर्दै गरेको अवस्थामा ना ७ ख २०३० र मधेश प्रदेश ०३–००१ ख ९७६२ नम्बरको ट्रिपर नियन्त्रणमा लिएको छ । आवश्यक कारबाहीको लागि ट्रिपर सम्बन्धित स्थानीय तहमा पठाएको छ ।










