काठमाडौंमा उपचाररत रामकृष्ण बजगाई ।

हेटौंडाः दुबै मिर्गौलामा समस्या आएपछि एक युवाले आर्थिक सहयोगको याचना गरेका छन् । मकवानपुरको बकैया गाउँपालिका–४, जुरेली निवासी ३३ वर्षीय रामकृष्ण बजगाईले दुबै मिर्गौलामा समस्या आएपछि आर्थिक सहयोगको याचना गरेका हुन् ।

२०७६ साल माघमा स्वास्थ्यमा समस्या आएपछि स्वास्थ्य परीक्षण गराउने क्रममा बजगाईको दुबै मिर्गौलामा समस्या भएको चिकित्सकले जानकारी दिएका थिए । ७ महिनादेखि उनी उपचारका लागि काठमाडौंका विभिन्न अस्पतालमा धाइरहेका छन् । हाल उनको काठमाडौंस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ । बजगाइले हप्तामा २ पटक डायलासिस गर्नका लागि आइतबार र बुधबार अस्पताल जाने गरेका छन् । प्रत्येक हप्ता डायलासिस गर्नका लागि ३० देखि ३५ हजार रुपैयाँ खर्च हुने गरेको उनले जानकारी दिए । डायलासिस गर्न जानकै लागि हाल उनी काठमाडौंमा डेरा लिएर उपचार गराईरहेका छन् ।

बजगाई करिव ७ वर्ष बैदेशिक रोजगारमा गएर नेपाल फर्किएका थिए । उनले बहराइनमा ३ वर्ष र कुवेतमा ४ वर्ष होटलमा काम गरेर केही रकम आर्जन गरेका थिए । उनले बैदेशिक रोजगारीमा गएर आर्जन गरेको करिव १४ लाख रुपैयाँ मिर्गौलाको उपचारमै खर्च भईसकेको जानकारी दिए । चिकित्सकले मिर्गौला प्रत्यारोपण नै अन्तिम विकल्प रहेको र प्रत्यारोपणका लागि कम्तिमा २५ देखि ३० लाख खर्च लाग्ने बताएका छन् ।

आर्थिक अवस्था कमजोर रहेको कारणले मिर्गौला प्रत्यारोपण गर्न आर्थिक अभाव भएपछि ३३ वर्षीय किशोर बजगाईले जीवन रक्षा गरिदिन सार्वजनिक अपील गरेका हुन् । चिकित्सकका अनुसार उनको दुवै मिर्गौलाले काम गर्न छाडेका छन् । बजगाईलाई सहयोग गर्न चाहनेले आइएमइ ग्लोबल बैंकको खाता नम्वर यू ५०७०१००००६५४ मा रकम जम्मा गर्न सक्नेछन् । उनलाई ९८६४३३९३०१, ९८६०२१८३३६,९८४९१४९१८५ मा सहयोग गर्नका लागि सम्पर्क गर्न सकिने छ ।