विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नुहुँदै अध्यक्ष अरुणकुमार गुरुङ ।

हेटौँडा : मकवानपुरे समाज काठमाडौंले चित्लाङको सामुदायिक विद्यालयमा अध्ययनरत १ सय ६१ जना विद्यार्थीहरूलाई ट्रयाक सुट सहयोग गरेको छ । सोमबार थाहा नगरपालिका–९ स्थित तीन वटा सामुदायिक विद्यालयहरूमा करिब पौने २ लाख रुपैयाँ बराबरको ट्रयाक सुट वितरण गरिएको मकवानपुरे समाज काठमाडौंका अध्यक्ष अरुण गुरुङले जानकारी दिनुभयो ।

अध्यक्ष गुरुङका अनुसार कालीदेवी आधारभूत विद्यालयका ४० जना, जनक प्राथमिक विद्यालयका ४० जना र महालक्ष्मी प्राथमिक विद्यालयका ८१ जना बालबालिकालाई ट्रयाक सुट वितरण गरिएको हो । विभिन्न पेसा, व्यवसाय र अन्य कारणले काठमाडौंमा बसोबास गर्दै आएका मकवानपुरेहरूको सक्रियतामा स्थापित यस संस्थाले प्रत्येक वर्ष यस्ता सामाजिक कार्यहरु गर्दै आएको अध्यक्ष गुरुङको भनाइ छ ।

यस कार्यक्रमका लागि संस्थाका उपाध्यक्ष दिलिप श्रेष्ठले सहयोग गर्नुभएको थियो । कपडा वितरण कार्यक्रममा संस्थाका सदस्य सरिता कार्की, पूर्वसल्लाहकार रोशन शर्मा र निलम श्रष्ठको पनि उपस्थिति रहेको थियो ।