Home मुख्य समाचार दुई दिनमा ८७ जनाले रक्तदान गरे

दुई दिनमा ८७ जनाले रक्तदान गरे

रक्तदान गर्दै रक्तदाता ।

हेटौँडा : दुई दिनमा रक्तदान कार्यक्रममा ८७ जनाले रक्तदान गरेका छन् । सोमबार र मंगलबार छुट्टाछुट्टै स्थानमा भएको रक्तदान कार्यक्रममा ८७ जनाले रक्तदान गरेका हुन् ।

मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको आयोजनामा भएको रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौँडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो । यस्तै, सोमबार निजगढ–६ मा रहेको श्रीकृष्ण प्रणामी धर्म महोत्सवको आयोजनामा भएको खुला रक्तदान कार्यक्रममा ६४ जनाले रक्तदान गरेका थिए ।

आगामी फागुन १ गते मनहरी र २ गते हेटौँडामा रक्तदान कार्यक्रम रहेको प्राविधिक सापकोटाले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो । दैनिकजसो रक्तदान कार्यक्रम भएकाले केन्द्रमा अहिले रगत अभाव नरहेको प्राविधिक सापकोटाले जानकारी दिनुभयो ।

Exit mobile version