मनहरीमा स्वाब संकलन गर्दै स्वास्थ्यकर्मी । फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डबाट आज ८० जनाको स्वाबको नमूना सङ्कलन भएको छ । ८० मध्ये १३ जना कोरोना सङ्क्रमितको पुनः परीक्षण गर्न र अन्य नयाँ व्यक्तिको कोरोना स्वाबको नमूना हो ।

सङ्कलित स्वाब परीक्षण गर्न हेटौंडा–१० स्थित प्रादेशिक कोरोना प्रयोगशालामा पठाइएको छ । यस्तै मकवानपुरको मनहरी गाउँपालिकाले आज मनहरी गाउँपालिकाको वडा नम्बर १ र २ मा स्वाब सङ्कलन गरेको छ । आज १६ महिलासहित ५४ जनाको स्वाब संकलन गरेर प्रयोगशालामा परीक्षण गर्न पठाउने तयारी भएकोे मनहरी गाउँपालिकाका सिनियर अहेव ज्योतिराज लुइटेलले जानकारी दिनुभयो ।