रक्तदान गर्दै रक्तदाता ।

हेटौँडा : सहिद सप्ताहको अवसरमा भएको रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेका छन् । मंगलबार हेटौँडा–११ स्थित सहिद स्मारक विकास समितिको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी नवलपुर उपशाखाको व्यवस्थापनमा रक्तदान कार्यक्रम भएको हो ।

सहिद स्मारक विकास समितिका अध्यक्ष डोरमणि पौडेलको उपस्थितिमा रक्तदान कार्यक्रम भएको हो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो । केन्द्रमा अहिले ‘ए’ पोजेटिभ रगतको अभाव रहेको रक्तसंचार केन्द्र हेटौँडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो । अरु ग्रुपको रगत केन्द्रमा पर्याप्त रहेको बताइएको छ । बुधबार बागमती प्रदेश सभा सचिवालयको आयोजनामा र २० गते भिमफेदी गाउँपालिकामा एक सहकारीको आयोजनामा रक्तदान कार्यक्रम रहेको प्राविधिक सापकोटाले जानकारी दिनुभयो ।