हेटौँडा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–४, रजतजयन्तीचोक नजिक मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक युवक घाइते भएका छन् । सोमबार राती ११ बजेको समयमा बुद्धचोकबाट रातोमाटेतर्फ जाँदै गरेको बा प्र ०३–००५ प ८३८३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक हेटौँडा–१४ मयुरधापका २५ वर्षीय उदय गुप्ता घाइते भएका छन् । घाइते गुप्ताको अवस्थामा मध्यम रहेको छ भने उपचारका लागि हेटौँडा अस्पताल लगिएको लगिएको छ । प्रहरीले चालकले मादक पदार्थ सेवन गरेको अवस्थामा सवारी साधन चलाएको जनाएको छ ।











