हेटौँडा : धादिङ जिल्लाको थाक्रे गाउँपालिका–३ अमर्खु लामिछाने खोल्सीमा एक पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा मकवानपुरको थाहा नगरपालिका–८ बस्ने ४५ वर्षीय प्रेमबहादुर घलान रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
प्रेमबहादुर आइतबार साँझ ६ बजेको समयमा आग्रा खोलाबाट एक सय मिटर पश्चिम खुला जमिनमा मृत फेला परेका थिए । उनि गत मंगलबार काठमाडौं जान्छु भनि आफु खुसि घरबाट निस्किएका थिए भने उनको मानसिक सन्तुलन समेत ठीक नभएको परिवारले जनाएको छ । मुचुल्का पश्चात शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











