हेटौँडा : बकैया गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता माघ १९ र २० गते हुने बकैया एथ्लेटिक्स संघका अध्यक्ष राजकुमार तिमल्सिनाले जानकारी दिनुभयो । बकैया गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा बकैया गाउँपालिकाको समन्वयमा प्रतियोगिता आयोजना हुन लागेको हो । गाउँपालिका खेलकुद विकास समितिले आइतबार एक सूचना जारी बकैया गाउँपालिकामा रहेका सबै विद्यालयलाई प्रतियोगितामा सहभागी हुन आव्हान गरेको छ । प्रतियोगिता बकैया–५, कर्मचुलीस्थित कर्मप्राप्ती माध्यमिक विद्यालयमा सञ्चालन हुनेछ ।