Home मुख्य समाचार जेसीआई बसामाडीमा दिपेन्द्र

जेसीआई बसामाडीमा दिपेन्द्र

दिपेन्द्र यादव ।

हेटौँडा : जेसीआई बसामाडीको वर्ष २०२६ का लागि अध्यक्षमा दिपेन्द्र यादव निर्वाचित हुनुभएको छ । बुधबार हेटौँडामा सम्पन्न २६औं वार्षिक साधारण सभाबाट दिपेन्द्रसहित कार्यकारिणी उपाध्यक्ष र उपाध्यक्षहरु सर्वसम्मत निर्वाचित भएका हुन् ।

साधारण सभाबाट कार्यकारिणी उपाध्यक्षमा सन्तोष गर्तौला र परार्थ कार्की, उपाध्यक्षमा बुद्धराज अर्याल, श्रीराज खतिवडा, बिनोद कँडेल, करण पराजुली निर्वाचित हुनुभएको छ । अध्यक्ष निर्वाचित हुनुभए लगत्तै दिपेन्द्रले कानुनी सल्लाहकारमा सुदिप नेपाल, महासचिवमा परमेश्वर पौडेल र कोषाध्यक्षमा प्रमोद उप्रेतीलाई मनोनित गर्नुभएको छ । साधारण सभामा जेसीआई बसामाडीका पूर्वअध्यक्षहरुको पनि आतिथ्य रहेको थियो ।

Exit mobile version