सांकेतिक तस्वीर ।

हेटौँडा : हेटौँडा–ललितपुर कान्ति लोकपथअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–११ आँपचौरमा ट्रक र स्कुटर ठोक्किएर दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ ।

बिहीबार दिउँसो २ बजेर १५ मिनेटको समयमा जितपुर भञ्ज्याङतर्फबाट ठिंगनतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ क ०९५२ नम्बरको ट्रक र म.प्र. ०३–०३९ प ५६४४ नम्बरको स्कुटर एकआपसमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

दुर्घटनामा स्कुटर चालक पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१० पानीट्यांकीका ५० वर्षीय अनुराग श्रेष्ठ गम्भीर घाइते भएका थिए । घाईते अनुरागलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । उपचारको क्रममा दिउँसो ४ बजेर ३० मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । ट्रक तथा चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ ।