सांकेतिक तस्वीर ।

हेटौँडा : हेटौँडा-१७, हटियामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

बिहीबार दिउँसो २ बजेको समयमा विद्युत ट्रान्सफर्मरमा काम गर्ने क्रममा मनहरी गाउँपालिका-५, बसन्तपुरका २७ वर्षीय निरज भन्ने आदर्श भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। भट्टराई ठेकेदारमार्फत प्राधिकरणको ट्रान्सफर्मर मर्मतको काम गर्ने मजदुर हुन्।