हेटौँडा : लागूऔषध खैरो हेरोइन, ट्रामाडोलसहित मकवानपुरका सुरोज नगरकोटी काठमाडौंबाट पक्राउ परेका छन् ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–१३, कालिमाटीमा डेरा गरी बस्ने ३० वर्षीय सुरोज नगरकोटीको कोठामा प्रहरीले सोमबार तलासी गर्दा खैरो हेरोइन ३७ मिलिग्राम, ट्रामाडोल ९ क्याप्सुल, नगद १२ लाख ८१ हजार रुपैयाँसहित पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले नगरकोटीलाई पक्राउ गरेको हो ।