Home मुख्य समाचार स्कुटरमा गाँजा तस्करी गर्ने राक्सिराङका मोक्तान पक्राउ

स्कुटरमा गाँजा तस्करी गर्ने राक्सिराङका मोक्तान पक्राउ

हेटौँडा : स्कुटरमा लागूऔषध गाँजा तस्करी गर्ने मकवानपुरको राक्सिराङ गाउँपालिका–२ का २३ वर्षीय सुवास मोक्तानलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ ५ बजेको समयमा प्रहरीले मोक्तानलाई १७ किलो ५४६ ग्राम लागूऔषध गाँजासहित राक्सिराङ–९ को हरियाली सामुदायिक वनको भित्री सडकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

भावरबाट खरंगातर्फ आउँदै गरेको बा प्र ०३–००५ प ७०८० नम्बरको स्कुटरबाट गाँजा बरामद भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले मोक्तानलाई हिरासतमा राखेर थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

Exit mobile version