Home खेलकुद हेटौँडा फुटबल एकेडेमीलाई जर्सी सहयोग

हेटौँडा फुटबल एकेडेमीलाई जर्सी सहयोग

एकेडेमीलाई प्राप्त जर्सीको नमूना ।

हेटौँडा : बारा जिल्लाको निजगढमा हुन लागेको चौथो ल्होछार कप नकआउट फुटबल प्रतियोगिता खेल्न हेटौँडा फुटबल एकेडेमीलाई जर्सी सहयोग प्राप्त भएको छ । प्रतियोगिताका लागि टोलीलाई १८ थान जर्सी प्राप्त भएको एकेडेमीका मुख्य प्रशिक्षक एवम् अध्यक्ष भीम लामाले जानकारी दिनुभयो ।

सोमबार हेटौँडा–४, कर्रा बस्ने बालकोविन लामाले कृष्णबहादुर बलको सम्झना १६ हजार रुपैयाँ बराबरको १८ थान जर्सी सहयोग गरेको अध्यक्ष लामाले जानकारी दिनुभयो । माघ ७ गते बुधबारदेखि सुरु हुने प्रतियोगिता माघ १७ गतेसम्म चल्नेछ । प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहनेछ । हेटौँडा फुटबल एकेडेमीले बिहीबार सर्लाहीको हरिपुर युनाइटेड क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

Exit mobile version