रक्तदान गर्दै प्रहरी

हेटौँडा : एम भी दुगड समुहको आयोजनामा भएको रक्तदान कार्याक्रममा १४ जनाले रक्तदान गरेका छन् । आइतबार मोती लाल दुगडको ७९ र ८० औँ वर्ष प्रवेशको अवसरमा रक्तदान भएको थियो । वर्ष प्रवेशको अवसरमा हिमाल, पहाड र तराईका २५ भन्दा वढी शाखामा रक्तदान कार्याक्रमको आयोजना गरेको थियो ।

रक्तदान कार्याक्रममा रक्तसंचार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो । अहिले केन्द्रमा रक्तअभाव नरहेको केन्द्रका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो । शुक्रबार सशस्त्र प्रहरीको आयोजनामा हेटौँडा–८, कमानेमा रक्तदान कार्याक्रमको आयोजना भएको छ ।