हेटौँडा : नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा कुमार पौडेल निर्वाचित हुनुभएको छ । अध्यक्ष तथा अन्य पदाधिकारीका आकांक्षीबीच सहमतिपछि सोमबार बिहान नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको हो ।
गत पुस २६ गते सम्पन्न २९औं वार्षिक साधारण सभामा नयाँ समिति चयनका लागि सहमति हुन सकेको थिएन । सोमबार भएको सहमतिअनुसार उपाध्यक्षमा नारायणप्रसाद खतिवडा, सचिवमा बिमलप्रसाद घिमिरे, सदस्यमा शिवहरी प्याकुरेल, तीर्थ थापा र श्री नारायण प्रसाद अधिकारी चयन हुनुभएको छ । यस्तै लेखा समिति संयोजकमा गीतानाथ ढुंगाना, सदस्यमा कृष्णप्रसाद दाहाल र गोमा शाह चयन हुनुभएको व्यवस्थापक नवराज खनालले जानकारी दिनुभएको छ ।
२ हजार २ सय ६५ जना सेयर सदस्य रहेको सहकारीको सेयर पुँजी ६ करोड ६ लाख रुपैयाँ रहेको छ । ३२ करोड रुपैयाँ बचत संकलन गरेको सहकारीले २५ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।











