हेटौँडा : गत २०७९ को निर्वाचन एमालेका लागि निकै भारि पर्यो । विशेषगरी काठमाडौंका अधिक क्षेत्रमा एमालले उम्मेदवार पराजित भएको थियो ।
काठमाडौंका १० निर्वाचन क्षेत्र मध्ये ९ वटा क्षेत्रमा एमालेका उम्मेदवार पराजित भएका थिए । अझ यसलाई यसरी भनौं एमालेले काठमाडौं–९ बाहेकका कुनैपनि क्षेत्रमा चुनाव जित्नै सकेन् । काठमाडौं–९ बाट कृष्णगोपाल श्रेष्ठले चुनाव जित्नुभयो । श्रेष्ठ बाहेक काठमाडौंका ९ क्षेत्रमा एमालेका सबे उम्मेदवार पराजित भए ।
काठमाडौं–१ बाट किरण पौडेल, काठमाडौं–२ बाट मणिराम फुयाल, काठमाडौं–३ बाट कृष्णबहादुर राई, काठमाडौं–४ बाट राजन भट्टराई, काठमाडौं–५ बाट इश्वर पोखरेल, काठमाडौं–६ बाट सर्वेन्द्र खनाल, काठमाडौं–७ बाट श्याम कुमार घिमिरे, काठमाडौं–८ बाट शिव सुन्दर राजवैद्य र काठमाडौं–१० बाट हिमेश केसी पराजित हुनुभयो । संघीय सभामा चुनाव हारेको एमालेले प्रदेशमा भने केही आशा लाग्दो नतिजा निकालेको थियो । एमालेले प्रदेश तर्फको २० सिट मध्ये ४ सिटमा जित निकालेको थियो । एमालेले काठमाडौं ४ (ख), ६ (ख), ७ (ख) र ९ (ख)बाट क्रमशः जयराम थापा, अमन मास्के, प्रकाश श्रेष्ठ र केशव प्रसाद पोखरेलले चुनाव जित्नु भएको थियो ।
सो अवस्थामा आगामी निर्वाचनमा एमालेले काठमाडौंबाट प्रदेशसभा सदस्य बनेका एक जनालाई टिकट दिने निर्णय गरेको छ । विगतमा गुमाएको क्षेत्रमा जित निकाल्ने रणनीतिमा एमालेले काठमाडौं–६ बाट प्रदेशसभा सदस्य एवम् पुर्वमन्त्री अमन मास्केलाई प्रतिनिधिसभा सदस्य पदका लागि टिकट दिएको छ । एमालेले मास्केलाई प्रदेशसभाबाट राजीनामा गराएर संघीय संसदमा चुनाव लडाउने तयारी गरेको हो ।
पूर्व आइजिपी सर्वेन्द्र खनालले चुनाव लडेको काठमाडौं–६ बाट मास्केलाई एमालेको विडो थमाइएको छ । उहाँको लागि यो चुनाव चुनौतिपूर्ण त छँदैछ । त्यस माथि पनि करिव २ वर्ष अवधिको प्रदेशसभा सदस्य पद त्यागेर उहाँ प्रतिस्पर्धामा उत्रिदै हुनुहुन्छ । नयाँ र पुरानो दल बिचको अस्तित्वको लडाईको रुपमा व्याख्या गरिएको आगमाी चुनाव उहाँका लागि सहज पक्कै छैन । बलियो संगठन बोकेको एमालेको अवस्था पछिल्लो चरण जनमानसमा खस्कीदो छ । जेनजी आन्दोलनमा सरकारको नेतृत्वबाट हुन नसकेको सम्बोधन र त्यसको क्षतीको आराप अध्यक्ष केपी शार्म ओली र सिंगो एमालेले व्यहोर्नु परिरहेको छ । अध्यक्ष ओलीको क्रियाकलापले पनि पछिल्लो समय जनमानसमा सकारात्मक छाप पर्न सकेको छैन ।
मास्के चुनावी अभियानमा सक्रिय हुँदै गर्दा उहाँको अर्को चुनौति भनेको विपक्षी प्रतिस्पर्धी हो । विगतको साझेदार दलहरु पनि आगामी चुनावमा अलाइन्समा छैनन् । तत्कालिन साझेदार दल कांग्रेसले एकल उम्मेदवार उठाउने तयारी गरेको छ भने नेकपा पनि एकल रुपमा चुनावी दौडमा छ । सो क्षेत्रबाट कांग्रेसका भीमसेन दास प्रधानले गत चुनाव लड्नु भएको थियो । आगामी निर्वाचनका लागि सो क्षेत्रमा नेकपा र कांग्रेसले उम्मेदवार टुंग्याइसकेका छैनन् ।
काठमाडौं रास्वपाको लागि उर्भर भुमि हो । अझ काठमाडौं–६ रास्वपाको उदगम क्षेत्र मध्येको एक हो । रास्वपाले छोटो समयमा संगठन संरचना बिना नै सो क्षेत्रमा चुनाव जितेको थियो । हाल रास्वपाले सो क्षेत्रमा संगठन संरचना तयार गरिसकेको छ । गत निर्वाचनमा सो क्षेत्रमा रास्वपाका शिशिर खनालले चुनाव जित्नुभएको थियो । खनाल कार्यकालको सुरुवाती चरणमा केही समय मन्त्री समेत बन्नुभएको थियो । पछि रास्वपा सरकारबाट बाहिरिएपछि उहाँ पर्दा पछाडि नै रहनुभयो । आगामी निर्वाचनमा रास्वपाले खनाललाई नै सो क्षेत्रबाट उम्मेदवार बनाएको छ । अर्कोतर्फ, रास्वपाका खनाल मन्त्री भएपनि उपलब्धी भने न्यून रहेको देखिन्छ । खनालले संसदमा खेलेको भूमिका पनि कमजोर छ । तर, रास्वपाको ‘क्रेज’ का कारण उहाँ बलियो उम्मेदवार हुनुहुन्छ ।
सोही कारण आगामी संसदीय निर्वाचनमा काठमाडौं–६ को चुनावी प्रतिस्पर्धा निकै रोचक हुने देखिन्छ । रास्वपाका केन्द्रीय नेता तथा पूर्व शिक्षामन्त्री खनालसंग बागमती प्रदेशसभा सदस्य एवम् पूर्व भौतिक पूर्वाधार विकास मन्त्री मास्के बिचको चुवान प्रतिस्पर्धात्मक हुने आंकलन गरिएको छ
पेशाले आर्किटेक इन्जिनियर रहेका एमालेका युवा उम्मेदवार हुनुहुन्छ मास्के । उहाँले आफ्नो मन्त्रीको छोटो कार्यकालमा काठमाडौंको पूर्वाधार विकास, सडक सञ्जाल र खानेपानी जस्ता क्षेत्रमा उल्लेख्य काम गर्नुभएको छ । काम कै आधारमा एमालेको महाधिवेशनमा केन्द्रीय सदस्य जित्नुभएका मास्केले राजनीतिमा बलियो पकड बनाउनु भएको छ । विपद् व्यवस्थापन, पूर्वाधार विकासमा आफ्नो ज्ञान सिप र क्षमता प्रर्दशन गर्न मास्के सफल हुनुभएको छ । विषेशगरी विपद्का समयमा देशभर सडक सञ्जाल बन्द हुँदा हेलिकप्टर मार्फत् इन्धन पुर्याएर २ दिनमा नै यातायात संचालन गर्न उहाँले भुमिका खेल्नभएको थियो । विपद्ले क्षती विक्षत भएको हेटौंडा काठमाडौंसहित प्रदेश मातहतका सडक ६ महिनामा नै ममर्त गरेर पुरानै अवस्थामा पुाएका थिए ।
बागमती प्रदेश शिव सर्किट परियोजना, सडक निर्माणमा जियो टेक्निकल, वातावरण र पारिस्थिती पद्धति अनुकुलको विकास, शहरी क्षेत्रमा पार्क सहितको फुड स्ट्रीट निर्माण उनको प्रदेश सरकारमा रहदाँका नयाँ विकासको अवधारणा हुन् । जुन हाल प्रदेश सरकारले कार्यान्वयन गरिरहेको छ ।











