हेटौँडा : हेटौँडा–१५ नयाँबस्ती नजिक पूर्व–पश्चिम सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदाका एक जनाको मृत्यु भएको छ । आइतबार बिहान ११ बजेको समयमा अम्लेखगञ्जबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना ८ ख २४९७ नम्बरको ट्रकले गलत साइड च्याप्ने क्रममा विपरीत दिशाबाट जाँदै गरेको प्र.३–०३–००१ प ८८६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक हेटौँडा–३ बसामाडीका ३७ वर्षीय देवेन्द्र भण्डारी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा दिउँसो १२ बजेर १० मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । ट्रक चालक मकवानपुरको थाहा नगरपालिका–२ बस्ने ३२ वर्षीय सुनिल ढकाललाई इलाका प्रहरी चौकी रातोमाटेले नियन्त्रणमा लिएको छ ।