हेटौंडाः आज मकवानपुर जिल्लामा एकैदिन ५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । धुलिखेलस्थित प्रयोगशाला ४३ जना र हेटौंडास्थित प्रयोगशालामा १५ जना सङ्क्रमित पहिचान भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले आज प्रकाशित गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

धुलिखेलस्थित प्रयोगशालाको परीक्षण रिपोर्ट हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य शाखाले वडागत विवरण उपलब्ध गराए पनि हेटौंडास्थित प्रयोगशालाबाट प्राप्त रिपोर्टअनुसार बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको विवरणमा सङ्क्रमितको वडागत विवरण उपलब्ध छैन ।