Home मुख्य समाचार आज राष्ट्रिय योग दिवस मनाइँदै

आज राष्ट्रिय योग दिवस मनाइँदै

योगा गर्दै विद्यार्थी । फाइल तस्वीर ।

हेटौँडा : आज माघ १ गते ११ औँ राष्ट्रिय योग दिवस मनाइँदैछ । ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने आदर्श वाक्यकाका साथ योग दिवस मनाइने भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयोजनमा हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउने गरिएको छ । मन्त्रालयले राष्ट्रिय योग दिवस २०८२ सार्थक र योगको मर्मअनुरुप मनाउन योग, ध्यान र अध्यात्म सम्बद्ध संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

नेपाल सरकारको मन्त्रिपरिषद्को २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेपछि हरेक वर्ष योग दिवस मनाउन थालिएको हो । शिक्षा मन्त्रालयले आ–आफ्नो परिवेश अनुकूलका विविध कार्यक्रमसाथ योग तथा ध्यानसँग सम्बन्धित संस्थाहरुले योग ध्यानसम्बन्धी प्रवचन तथा अभ्यास गरेर योग दिवस मनाउन अनुरोध गरेको छ ।

Exit mobile version