Home खेलकुद कमाने प्रिमियर लिगको मुख्य प्रायोजक हेटौँडा स्कूल अफ म्यानेजमेन्ट

कमाने प्रिमियर लिगको मुख्य प्रायोजक हेटौँडा स्कूल अफ म्यानेजमेन्ट

सम्झौतापत्र आदानप्रदान गर्नुहुँदै क्लबका अध्यक्ष खत्री र म्यानेजमेन्टमा प्रिन्सीपल पुरनबहादुर जोशी ।

हेटौँडा : हेटौँडा–८, कमानेस्थित कमाने क्रिकेट क्लबको आयोजनामा हुने कमाने प्रिमियर लिग (केपीएल) को मुख्य प्रायोजकको रुपमा हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्ट रहने भएको छ । केपिएलको चौथो संस्करणको मुख्य प्रायोजकका लागि क्लबका अध्यक्ष किशोर खत्री र हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशी बीच मंगलबार सम्झौता भएको क्लबका अध्यक्ष किशोर खत्रीले जानकारी दिनुभयो ।

अध्यक्ष खत्रीले मुख्य प्रायोजनवापत हेटौँडा स्कूल अफ म्यानेजमेन्टले क्लबलाई दिने रकमबारे भने खुलाउनु भएन । प्रतियोगिता आगामी माघ १० गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहने छ । प्रतियोगिताको उपाधि विजेता टोलीले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ पनि जनही ५/५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष खत्रीले बताउनुभयो । खेलाडी अक्सन पुस १९ गते सम्पन्न भइसकेको र प्रतियोगिताको तयारी तिव्र रुपमा भइरहेको उहाँले जानकारी दिनुभयो ।

चौथौ संस्करणमा यसअघि नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सबाट खेलेका शुभ कंसाकार पनि खेल्ने छन् । स्थानीय क्रिकेट प्रतिभालाई प्रोत्साहन गर्दै प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने लक्ष्यका साथ प्रतियोगिताको आयोजना गरिएको आयोजकको भनाइ छ । प्रतियोगिता हेटौँडा–८ स्थित चन्द्रोदय माविको खेल मैदानमा हुनेछ ।

Exit mobile version