हेटौँडा : हेटौँडामा पहिलो पटक हुन लागेको जुडो प्रतियोगिता माघको पहिलो हप्तामा हुने भएको छ । जुडो महासंघको आयोजनामा २० औँ राष्ट्रिय जुडो प्रतियोगिता हेटौँडामा हुने बागमती प्रदेश जुडो संघका अध्यक्ष मदन उप्रेतीले जानकारी दिनुभयो ।
यसअघि आइतबारदेखि मंगलबारसम्मको लागि तय भएको प्रतियोगिता प्राविधिक समस्याले गर्दा माघको पहिलो हप्तामा हुने अध्यक्ष उपे्रतीले जानकारी दिनुभयो । प्रतियोगिता माघ ३ गतेदेखि ५ गतेसम्म हेटौँडा–४ स्थित कभर्ड हलमा हुनेछ । प्रतियोगिता ७ वटै प्रदेशका विजेता टोली र ३ वटा विभागीय टोली गरी १० वटा टोलीको सहभागिता रहनेछ । विभागीय टोलीका रुपमा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस र सशस्त्र प्रहरी बलको सहभागिता रहनेछ ।
