हेटौँडा : नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा मकवानपुरका कृष्ण अर्याल निर्वाचित हुनुभएको छ । शनिबार काठमाडौंमा सम्पन्न चौथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट अर्याल सर्वसम्मत अध्यक्ष निर्वाचित हुनुभएको हो ।
प्रदेश समितिको उपाध्यक्षमा गोविन्द शर्मा (चितवन), सचिवमा दिपेन्द्र धरेल (धादिङ) र कोषाध्यक्षमा सुष्मा लम्साल (काठमाडौं) निर्वाचित हुनुभएको छ । यस्तै सदस्यमा मुकेश अग्रवाल (काठमाडौं), कुल बहादुर थापा (सिन्धुली), केदार कुसी (भक्तपुर), अर्जुन श्रेष्ठ (मकवानपुर) र शम्भु ठाकुर (चितवन) निर्वाचित हुनुभएको छ ।











