साँस्कृतिक भेषभुषामा सजिएका विद्यार्थीको समूह ।

हेटौँडा : हेटौँडा–७ स्थित नवज्योति माध्यमिक विद्यालयमा शुक्रबार साँस्कृतिक भेषभुषा प्रदर्शनी तथा खाना महोत्सव सम्पन्न भएको छ । नवज्योति बाल क्लबको आयोजनामा भएको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न जातीय तथा साँस्कृतिक भेषभुषा प्रदर्शन गरेका थिए ।

प्रदर्शनीमा सहभागी मध्ये कक्षा–९ की सबिना मल्ल प्रथम, कक्षा–८ की ममता डंगोल द्वितीय, कक्षा–८ कै एन्जिला गुरुङ तृतीय र नर्सरी कक्षाकी प्रिन्सु भ्लोन सान्त्वना भए । कार्यक्रममा अर्धवार्षिक परीक्षाको नतिजा प्रकाशनसँगै अभिभावकहरुसँग अन्तरकिया समेत गरिएको थियो । कार्यक्रममा ६ कक्षादेखि ९ कक्षासम्म अध्ययनरत विद्यार्थीहरुद्वारा तयार पारिएको विभिन्न परिकारहरु प्रदर्शनी तथा बिक्रीमा राखिएको थियो ।

विद्यालयका प्रधानाध्यापक उपेन्द्र पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु अमृत बहादुर खत्री, निर्मला आचार्य तथा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावकको उपस्थिति रहेको थियो ।