सांकेतिक तस्वीर

हेटौँडा : बारा प्रहरीले लागूऔषध अफिमसहित ३ जनालाई पक्राउ गरेको छ । बिहीबार दिउँसो ४ बजेर ३० मिनेटको समयमा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय प्रसौनी र लागूऔषध नियन्त्रण ब्युरो पर्साबाट खटिएको संयुक्त टोलीले अफिम फेला पारेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

प्रहरीले नकटुवा क्षेत्रमा बीआर ०१ सीएल ६०७९ नम्बरको कारलाई रोकी सुरक्षा जाँच गर्दा पछाडिको सिटमा लुकाइछिपाई राखिएको २ किलो २४ ग्राम अफिम फेला पारी तीन जनालाई पक्राउ गरेका थियो । पक्राउ पर्नेमा पर्सा जिल्ला बहुदरमाई नगरपालिका–७ का निलेश पटेल कुर्मी, वीरगञ्ज नगरपालिका–११ का जौवाद अहमद र बिन्दवासिनी गाउँपालिका–२ का शेषनाथ चौरसिया रहेका छन् । लागूऔषधसहित नियन्त्रणमा लिइएकाहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।