हेटौँडा : जिल्ला प्रहरी कार्यालय मकवानपुरले यातायात व्यवसायीहरुसँग अन्तरक्रिया गरेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरको सभाहलमा जिल्लामा रहेका यातायात व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रम भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयोे ।
कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले यातायात व्यवसायीहरुसँग छलफल तथा अन्तक्र्रिया गर्नुभएको थियो । सडक सुरक्षा, यात्रुहरुको अभिलेखीकरण तथा ट्राफिक नियमको पालना गरी यात्रुहरुलाई सुरक्षितरूपमा गन्तव्यसम्म पु¥याउनुपर्ने विषयमा छलफल भएको बताइएको छ । कार्यक्रममा सुमो व्यवसायी, टिकट काउन्टर सञ्चालक तथा सवारी साधनको चालकहरुको उपस्थिति रहेको थियो ।
