हेटौँडा : माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षामा बागमतीका ५ हजार ४ सय ९३ जना उत्तीर्ण भएका छन् । गत कातिक २२ गते मकवानपुर र चितवनस्थित विभिन्न स्थानका परीक्षा केन्द्रहरुमा सम्पन्न परीक्षामा १३ हजार ८ सय भन्दा बढी परिक्षार्थी सहभागी भएका थिए ।
माध्यमिक तह अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा शिक्षक सेवा आयोगले मंगलबार सार्वजनिक गरेसँगै बुधबारबाटै अध्यापन अनुमति पत्र समेत वितरण शुरु गरिसकिएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका इकाई प्रमुख सुदीप गिरीले जानकारी दिनुभयो । शिक्षक सेवा आयोगद्वारा लिइने अध्यापन अनुमतिपत्रको परीक्षामा सफल भइसकेपछि प्रत्येक प्रदेशको राजधानीस्थित इकाई मार्फत अनुमति–पत्र वितरण गर्ने गरिएको छ ।
