हेटौँडा : हेटौँडा–११, सहिद स्मारक निवासी बिमलकाजी थापा मगरले वृद्धाश्रमलाई न्यानो कपडा सहयोग गर्नुभएको छ । मगरले आफ्ना स्वर्गीय आमा कृष्णमाया थापा मगरको सम्झनामा हेटौँडा–२, चौकीटोलस्थित ॐ वृद्धाश्रममा सहयोग गर्नुभएको हो ।
उहाँले डसना, ब्ल्याङ्केट, तकिया र तन्ना ७÷७ थान सहयोग गर्नुभएको आश्रमले जनाएको छ ।
