Home मुख्य समाचार अर्धवार्षिक परीक्षाको नतिजा सार्वजनिक

अर्धवार्षिक परीक्षाको नतिजा सार्वजनिक

हेटौँडा : हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालयले अर्धवार्षिक परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेको छ । पुस १ गतेदेखि सुरु भएर ९ गतेसम्म संचालन भएको परीक्षामा एक हजार एक सय ५० जना विद्यार्थी सहभागी थिए । परीक्षामा ६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएको प्रधानाध्यापक किशोर पराजुलीले जानकारी दिनुभएको छ ।

विद्यालयले अभिभावकको सहभागितामा नतीजा सार्वजनिक गरेको प्रधानाध्यापक पराजुलीले जानकारी दिनुभयो । पहिलो त्रैमासिकमा पनि ६० प्रतिशत नै विद्यार्थी उत्तीर्ण भएका थिए । पठनपाठन सुधारका लागि विद्यालयले अभिभावकसँग निरन्तर सम्पर्क गर्ने, विषयगत कमजोरी पत्ता लगाई त्यसतर्फ विद्यार्थीको ध्यान बढाउने, अतिरिक्त कक्षा संचालन गर्ने उहाँले बताउनुभयो । १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा हाल एक हजार २ सय ७५ जना विद्यार्थी अध्ययनरत छन् ।

Exit mobile version