हेटौँडा : सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१ स्थित मेलम्ची बजार नजिक जिरो किलो सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
शनिबार साँझ ६ बजेर २० मिनेटको समयमा मेलम्चीबाट बाहुनेपाटीतर्फ जाँदै गरेको बा ७९ प ७७४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा चालक हेलम्बु गाउँपालिका–७ का ३१ वर्षीय दीपक पण्डित घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । घाइते पण्डितलाई नगर अस्पताल मेलम्चीमा सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाडौँस्थित नेपाल मेडिकल कलेज अत्तरपुर लगिएको थियो । उपचारको क्रममा आइतबार बिहान ६ बजेर ३० मिनेटमा डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।










