Home मुख्य समाचार भीमफेदीको जुरिखेतमा सुमो दुर्घटना, ६ जनाको मृत्यु

भीमफेदीको जुरिखेतमा सुमो दुर्घटना, ६ जनाको मृत्यु

दुर्घटनाग्रस्त सुमो ।

हेटौँडा : मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतमा आइतबार साँझ सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ९ जना मध्ये ६ जनाको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीका अनुसार मृतकहरुको पहिचान खुल्न सकेको छैन । घाइते मध्ये ३ जनाको उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो भीमफेदी–कुलेखानी सडकखण्डको जुरिखेतमा दुर्घटनामा भएको हो । सुमो १ सय मिटर तल खसेको प्रहरीको भनाइ छ ।

Exit mobile version